पाटन नगरपालिकाले विद्यालय समायोजनको विषयमा स्थलगत अनुगमन गर्ने 

बैतडीको पाटन नगरपालिकाले विद्यालय मर्जको बिषयमा थप अध्यान गर्ने भएको छ । विद्यालयको मर्ज तथा तह मिलानका लागि थप अध्यान गर्नुपर्ने  बुधबारको नगर शिक्षा समितिले निर्णय गरेको हो । कार्यबहाक नगर प्रमुख कमल बोहराको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरिएको हो ।  आजको शिक्षा समितिको बैठकमा भएको निर्णयलाई कार्यपालिकामा लैजाने र त्यसपछि कार्यान्वयनको चरणमा जाने…

बैतडीको पाटन नगरपालिकाले विद्यालय मर्जको बिषयमा थप अध्यान गर्ने भएको छ । विद्यालयको मर्ज तथा तह मिलानका लागि थप अध्यान गर्नुपर्ने  बुधबारको नगर शिक्षा समितिले निर्णय गरेको हो । कार्यबहाक नगर प्रमुख कमल बोहराको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरिएको हो । 

आजको शिक्षा समितिको बैठकमा भएको निर्णयलाई कार्यपालिकामा लैजाने र त्यसपछि कार्यान्वयनको चरणमा जाने उपप्रमुख कमल बोहराले जानकारी दिए । स्थलगत अनुगमन छिट्टै गर्ने उनले बताए । अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा अघि बढ्ने उनले बताए । 

यसअघि नगरपालिकाले केहि विद्यालयहरुको तह समायोजन, मर्ज तथा दरबन्दी मिलानको खाका नगर शिक्षा समितिमा प्रस्तावको रुपमा राखेको थियो । उक्त प्रस्तावलाई सबै वडा स्तरीय शिक्षा समितिमा लगेर छलफलको विषय बनाउने निर्णय भएको थियो । सोहि निर्णय बमोजिम १० वटै वडाको वडास्तरीय शिक्षा समितिको बैठकमा सबै बिद्यालयका प्रद्यानाध्यापक, विव्यस अध्यक्ष, शिक्षा प्रेमी र राजनितिकर्मीहरुलाई बोलाई सुझाव संकलन गरेको थियो ।

वडास्तरीय शिक्षा समितिमा प्राप्त भएका सुझावहरुलाई आजको नगर शिक्षा समितिको बैठकमा छलफलका लागि पेस गरिएको र थप अध्यान र निरिक्षण पश्चात विद्यालय समायोजन र तह मिलानको बिषयमा निक्र्यौलमा पुग्ने समाजिक विकास समितिका संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 

वडास्तरीय बैठकबाट आएका सुझावहरुलाई आधिकारीक मान्दै ती सुझाव तथा निर्णयहरुलाई प्राथमिकतामा राखेर नगर शिक्षा समिति टुङ्गोमा पुग्ने नगर शिक्षा समितिका सदस्य एवं सिद्धदीप आधारभुत विद्यालयका विव्यस अध्यक्ष मोहन बिष्टले बताए । 

अधिकांस वडाहरुबाट प्राप्त सुझावको आधारमा थप अनुगमन तथा निरिक्षणको आवस्यकता महसुस गरिएको हो । अधिकांस वडा स्तरीय शिक्षा समितिको बैठकबाट भौगोलिक विकटतालाई पनि हेरेर विद्यालय समायोजनको बाटोमा जानुपर्ने धारणा तथा सुझाव आएका थिए ।  यो खबर स्टार वुलेटिन बाट साभार गरिएको हो।

Similar Posts

Leave a Reply

Your email address will not be published.