बैतडीको सुर्नया नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका -६ स्थित सुर्नया नदीमा डुबेर पाटन-१ जरौलीका ५३ वर्षीय नरबहादुर भट्टराईको मृत्यु भएको हो ।

नेपाल विद्युत प्राधिकरण पाटन मा कार्यरत कर्मचारी को नदिमा डुबेर मृत्यु भएको हो।

शुक्रबार बिहान नदीमा नुहाउन गएका बेला उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताइएको छ ।

ट्रेन्डिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *