सुदूरपश्चिम सरकारले गौरा पर्वमा दिएको बिदा झिक्यो

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा पर्वमा दिएको सार्वजनिक बिदा फिर्ता लिएको छ। बुधबार एक सूचना जारी गर्दै प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको बिदा झिकिएको जनाएको छ। यहि भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले बिदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि बिदा दिने भनेर प्रदेश…

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा पर्वमा दिएको सार्वजनिक बिदा फिर्ता लिएको छ। बुधबार एक सूचना जारी गर्दै प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको बिदा झिकिएको जनाएको छ।

यहि भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले बिदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि बिदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो।

Similar Posts

Leave a Reply

Your email address will not be published.