व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन – हर्क राज राई

सामाजिक सञ्जालमा सक्रिय हुँदै आउनुभएका धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले काठमाण्डौका मेयर बालेन्द्र शाहलाई कटाक्ष गर्दै टिप्पणी गर्नुभएको छ । काठमाण्डौमा अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला राईले यसै विषयमा फेसबुकमा टिप्पणी लेख्नुभएको हो । उहाँले फेसबुक र ट्वीटर लेख्नुभएको छ, व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न…

सामाजिक सञ्जालमा सक्रिय हुँदै आउनुभएका धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले काठमाण्डौका मेयर बालेन्द्र शाहलाई कटाक्ष गर्दै टिप्पणी गर्नुभएको छ ।

काठमाण्डौमा अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला राईले यसै विषयमा फेसबुकमा टिप्पणी लेख्नुभएको हो ।

उहाँले फेसबुक र ट्वीटर लेख्नुभएको छ,

व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।

यसअघि फोहर व्यवस्थापनको विषयमा पनि धरानका मेयर राईले काठमाण्डौका मेयर शाहलाई यस्तै कटाक्ष गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.