|

माथिल्लो कर्णाली जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउनु पर्छ , जीएमआरको सम्झौता तत्काल खारेज गरियोस् : रावल

एमालेका सांसद भीमबहादुर रावलले माथिल्लोफ कर्णाली जलविद्युत् आयोजना स्वदेशी लगानीमा अगाडि बढाउनुपर्ने बताएका छन् । त्यसका लागि भारतीय कम्पनी जीएमआरसँगको सम्झौता तत्काल खारेज गर्नुपर्ने उनको माग थियो ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा माथिल्लो कर्णालीबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै भारतीय कम्पनीसँगको सम्झौंता तत्काल…

एमालेका सांसद भीमबहादुर रावलले माथिल्लोफ कर्णाली जलविद्युत् आयोजना स्वदेशी लगानीमा अगाडि बढाउनुपर्ने बताएका छन् । त्यसका लागि भारतीय कम्पनी जीएमआरसँगको सम्झौता तत्काल खारेज गर्नुपर्ने उनको माग थियो । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा माथिल्लो कर्णालीबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै भारतीय कम्पनीसँगको सम्झौंता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंले अगाडि बढाउनुपर्ने बताए ।

जीएमआरले माथिल्लो कर्णाली ओगट्दा परियोझना नै अलपत्र परेको र निर्माणमा अनिश्चिय देखिएको रावलको भनाइ थियो । ‘जिएमआर कम्पनीले माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई निर्माण नगरी लामो समयसम्म ओगट्दै सम्झौंताको उलंघन गर्दै नेपाललाई क्षति पु।र्‍याउनुको साथै राष्ट्रिय हितमा आँच पुर्‍याएकाले यो सम्झौंता तत्काल खारेज गरियोस् । उक्त आयोजनालाई जनसहभागिता र नेपाल सरकारको लगानीमा अगाडि बढाइयोस्,’ उनले भने, ‘नेपालको सबैभन्दा राम्रो र उत्पादित विद्युतको मूल्य तुलनात्मक रुपमा कम हुने माथिल्लो कर्णाली जलविद्युत आयोजनामा संलग्न सम्झौंता विपरीत वित्तीय व्यवस्थापनको म्याद फेरी थपिनु आपत्तिजनक छ । सम्झौंता अनुसार जीएमआरसँगको सम्झौंता रद्द गरी सो आयोजनालाई अनिश्चियको भूमरीबाट जोगाइयोस् ।’

सरकार विदेशी कम्पनीसामू झुक्न नहुने पनि रावलको भनाइ थियो । सरकारले जनताका सहभागितासमेतमा वित्तिय व्यवस्थापन गरी सो आयोजनाको काम अगाडि बढाउनुपर्ने उनको सुझाव थियो । ‘कुनै एउटा विदेशी कम्पनीको सामू नझुकी सम्झौंताहरूको सर्तहरू पालना गरी, गर्न लगाई राष्ट्रिय हितको संरक्षण गरियोस्,’ उने भने ।

नेता रावलले सम्झौता विपरीतका गतिविधिमा संलग्न सो कम्पनीसँग पटकपटक झुक्ने काम गरिरहेको भन्दै सरकारको आलोचना गरेका थिए । – समाचार शिर्षक अपडेट गरिएको कान्तिपुर बाट साभार

Similar Posts

Leave a Reply

Your email address will not be published.