भारतको दिल्लीमा मृत्यु भएर अन्तिम संस्कारको लागि दाङ ल्याइएका एक जनामा कोरोना पुष्टि भएको छ।

तीन दिनअघि भारतको दिल्लीमा ज्यान गुमाएका दाङ निवासी ती व्यक्तिको शव अन्तिम संस्कारको लागि घर परिवार तथा आफन्तले यहाँ ल्याएका थिए।

अन्तिम संस्कारको लागि ल्याइएको भएपनि शंका लागेर कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

घोराही उपमहानगरपालिका वडा नं.१८ अम्वापुरका ४० वर्षीय ती पुरुषको मृत्युपछि आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो।

कामको सिलसिलामा भारत पुगेका उनमा प्रेसर र दमको समस्या रहेको आफन्तले जनाएका छन्। शव ल्याएर दाङ आएका एक जना आफन्तलाई क्वारेन्टिनमा राखिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *