राजनीति - पुष १३, २०७६

सिपी गजुरेल र परी थापासहित वैद्य समूहका १५ नेता पक्राउ

नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रमुख सिपी गजुरेल सहित १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वमन्त्री समेत रहेका सिपी गजुरेल, परी थापा लगायत उक्ता मोर्चाका १५ जना नेता–कार्यकर्तालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । हनुमानथान हुँदै रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन अनुमति सहित सिंहदरबार जान खोज्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिपी गजुरेल, परी थापा, पवनमान श्रेष्ठ, दीपक शाही, सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, बसन्त बोगटी, हरिकृष्ण गजुरेल लगायत छन् । जुलुस सहित सि‌‌हदरबार जान खोजेका उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दा तीनजना घाइते समेत भएका छन् । घाइते हुनेमध्ये एकजना महिला छिन् ।

पक्राउ पर्ने दीपक शाहीले अन्नपूर्ण अनलाईनलाई बताए अनुसार उनीहरुले रक्षामन्त्रालयमा ज्ञापनपत्र बुझाउने समय समेत तय गरिसकेका थिए । ‘रक्षामन्त्री ज्युसँगकै सल्लाह वमोजिम हामीले ज्ञापनपत्र बुझाउने समय ३ बजेका लागि फिक्स गरिसकेका थियौँ । त्यसकै लागि सिंहदरबार जान खोज्दा प्रहरीले अचानक पक्राउ गरेको हो,’ नेता शाहीले अन्नपूर्णलाई भने ।

उनीहरुको ज्ञापनपत्र एमएमसी, लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत राष्ट्रियता सवालमा केन्द्रित थियो । माइतीघर मण्डलाबाट जुलुस सहित सिंहदरबार जाने क्रममा हनुमानथान नजिक पुगेपछि प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको थियो । अहिले तीनजना घाइतेलाई अस्पताल लगिएको छ भने अन्यलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
अन्नपूर्ण पोष्टबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *