सर्वाेच्च अदालतकाे फैसलाकाे अमरगढी मेयरले गरे सम्मान, विवेकपुर्ण ढंगले अगाडि वढ्न नेता कार्यकर्ता लाई अपिल

डडेल्धुरा – अमरगढी नगरपालिका का नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा विपिनले आजै सर्वाेच्च अदालतले गरेकाे फैसलाकाे सम्मान गरेका छन। २०७४ सालकाे प्रदेस सभा र प्रतिनिधि सभाकाे निर्वाचनमा संयुक्त वाम गठवन्धन वनाएर निर्वाचनमा हाेमिएका तत्कालिन नेकपा एमाले र नेकपा माओवादि केन्द्र २०७५ जेठ ३ गते ओैपचारिक एकता गरि नेपाल कम्युनिष्ट पार्टी नेकपा वनाएका थिए ।

करिव दुई तिहाई नजिक रहेकाे सरकारका विरुध्द आफ्नै पार्टी का नेता प्रचण्ड नेपाल गठवन्धनले अविस्वासकाे प्रस्ताव दर्ता गरे पछि विवाद चुलिएर गत पाैष ५ गते प्रधानमन्त्री के पि ओलिले संसद विघटन गरेका थिए ।त्यस लाई सर्वाेच्च अदालतले वदर गर्दै पुनर्स्थापित गरिदिए पछि अनिर्णयकाे बन्दी वनेकाे थियाे भने यसै विचमा नेपाल कम्युनिष्ट पार्टि नेकपाका नेता ऋषि कट्टेलले आफुले पहिल्यै निर्वाचन आयाेगमा साे नामकाे दल दर्ता गरेकाले आफुले वैधानिकता पाउनु पर्ने र केपि ओलि प्रचण्ड नेपालकाे नेकपा खारेजिकाे मागदावि सदर गरि दिएकाे छ।

यश वाट अब पुर्ववत अवस्थामा दुवै दल फर्कने अवस्था सिर्जना गरेकाे छ। याे फैसला लाई लिएर मेयर ओझाले फैसलाकाे स्वागत गरेका छन। फैसला वाट नआत्तिन र नमात्तिई संयमित हुन सवै नेता कार्यकर्ता लाई अपिल गर्नु भएकाे छ। तत्कालीन नेकपा एमाले वाट निर्वाचित मेयर ओझा वलियाे र लाेकप्रिय नेताका रुपमा चिनिन्छन।

छाेटाे समयमै निकै ठुलाे राजनितिक सफलता प्राप्त गर्दै समकालीन डडेल्धुरा का नेता हरुमा फरक पहिचान वनाएका ओझा संभावना भएकाे नेताका रुपमा चिनिन्छन।

Total
2
Share