बा ! म हजुरकै माधव फर्केर आएकोछु (गजल)

बा, म हजुरकै माधव, फर्केर आएकोछु ।
चिन्नु भएन र साहेब, फर्केर आएकोछु ।।

बटुवा बाटो बिराउछ, तर पनि घर फर्किन्छ
केही दिन भएनि गायब, फर्केर आएकोछु ।।

शेरसङ्ग भिड्छु भनी, स्यालकहाँ गएछु म
अब गर्दिन टकराब, फर्केर आएकोछु ।

खोलाले नदिको धार, काट्छु सोचेको थिए
बढेछ नदिको बहाब, फर्केर आएकोछु ।

गजलकार : तपेन्द्र बिष्ट ।