यस पृष्ठमा सुदूरपश्चिम अनलाइनमा कुनै पनि लेख पोस्ट गर्ने वा काम गर्ने सबै व्यक्तिहरूले पालना गर्नुपर्ने दिशानिर्देशहरू दिइएको छ।

  • हामीले हरेक समाचारलाई सुद्ध राख्नुपर्छ, चाहे त्यो शब्दको कुरा होस् वा तस्विरको कुरा हो ।
  • प्रत्येक समाचार कुनै पनि पक्षपात, निर्णय, अनुमान वा कुनै व्यक्ति, संस्था, राजनतिक पार्टी को प्रचार बिना लेखिएको हुनुपर्छ। हामीले समाचारको सबै पक्षलाई बताउनुपर्छ र कसैको पक्ष लिनु हुँदैन।
  • छिटो काम गर्नु गल्ती गर्ने बहाना हुन सक्दैन।
  • सामाजिक सञ्जाल लगायतका कुनै पनि अनौपचारिक स्रोतबाट लिइएको जानकारीलाई शंकाको नजरले हेरिनुपर्छ। यस्ता खबरको सत्यताको पुष्टि गरेर मात्र पोस्ट गर्नुपर्छ। हामीले स्वतन्त्र रूपमा प्रमाणीकरण र जानकारी सङ्कलन गर्ने प्रयास गर्नुपर्छ।
  • कुनै पनि भेदभाव बिना सबै समाचार रिपोर्ट गर्नुपर्छ।
  • हामीले समाचारलाई प्रभाव पार्न चाहने कसैलाई समाचार बन्न दिनु हुँदैन।
  • हामीले मानिसहरू र उनका विचारहरूको विविधताको कदर गर्नुपर्छ जबसम्म यसले समाज वा शान्तिलाई हानिकारक हुँदैन।
  • हामी पाठकहरूको विश्वासको सम्मान गर्छौं र त्यसैले सकेसम्म स्रोत उद्धृत गर्ने प्रयास गर्नेछौ।
  • हाम्रो प्लेटफर्म मार्फत कुनै पनि व्यक्ति वा संस्थाको प्रचार गर्नु हुँदैन।
  • कुनै पनि गल्ती लाइ तुरुन्तै सच्याउनुपर्छ।
  • पारदर्शिता कायम राख्न तथ्यगत त्रुटि सच्याएर समाचारको रिपोर्ट गर्नुपर्छ ।
  • हामीले यौन दुव्र्यवहारका पीडित, अपराधका साक्षी र अभियुक्त नाबालिग, कमजोर र जोखिममा परेका व्यक्तिहरूको पहिचान जोगाउन प्रयास गर्नुपर्छ। उनीहरूको पहिचान आधिकारिक रूपमा खुलासा नभएसम्म वा पीडितहरू आफैं अगाडि आएर आफ्नो पहिचान प्रकट नगरेसम्म उनीहरूको पहिचान गोप्य राख्नुपर्छ।
  • हामीले समाचार लाइ हेरफेर गर्नु हुँदैन। पाठकहरूलाई भ्रमित पार्न भिजुअल र फोटोहरू गलत रूपमा प्रस्तुत गर्नु हुँदैन।