नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डाक्टर भीम रावलले जनप्रदर्शनमा होमिन युवाहरुलाई निर्देशन दिनु भएको छ । धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा प्रदेशका युवाहरुको भेलालाई सम्बोधन गर्दै डाक्टर रावलले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमकाविरुद्ध युवाहरुलाई एकताबद्ध भएर लाग्न निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता धेरै दिन नटिक्ने भन्दै नेता रावलले परिवर्तनका हरेक आन्दोलनमा सुदूरपश्चिमको महत्वपूर्ण भुमीका रहेको जानकारी दिनु भयो ।

खड्क प्रसाद ओलीको मनोमानी चाडै अन्त हुने बताउदै नेता रावलले सुदूरपश्चिमले धेरै क्रान्तिकारी योद्धा जन्माएका भन्दै एकपटक पुनः प्रतिगमनका विरुद्ध क्रान्ति गर्ने बेला आएको बताउनु भयो । सुदूरपश्चिम इन्चार्ज रावलले १७ गते हुने धनगढीको प्रदर्शनपछि प्रतिगमनको जग हल्लिने बताउनु भयो । भेलामा नेकपाका केन्द्रीय सदस्य झपट रावल, युवा संघका केन्द्रीय सदस्य दिपक सिंह, प्रकाश रोकाया, युवा संघका केन्द्रीय सदस्य अरुण कुँवर, अनेरास्ववियुका सचिवालय सदस्य युवराज कुँवर, केन्द्रीय सदस्य रोहीत कुँवर, युवा संघ कैलालीका अध्यक्ष राजु वम लगायतको सहभागिता रहेको थियो । धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनकोलागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले ब्यापक तयारी गरिरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *