संसद विघटन सदर भए हरेक दुई वर्षमा चुनाब हुने वरिष्ट अधिवक्ता संग्रौला को दाबी

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गर्ने गलत नजिर बस्ने दाबी गर्नुभएको छ । बुधबार संवैधानिक इजलासमा बहस गनुहुँदैपूर्वमहान्यायाधिवक्ता संग्रौलाले अहिलेको संसद विघटन सदर भए हरेक चुनावपछि दुई वर्षमा संसद विघटन हुने जोखि रहने जिकिर गर्नुभएको हो।सरकार बनेको दुई वर्षसम्म प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने संविधानमा व्यवस्था रहेको र त्यसपछि अविश्वास प्रस्ताव आउने भएमा प्रतिनिधिसभा विघटन गर्ने जोखिम बढ्ने उहाँले इजलासमा बहसका क्रममा भन्नुभयो।
प्रधानमन्त्रीले सर्वोच्च अदालतमा बुझाएको लिखित जवाफमाथि पनि संग्रौलाले प्रश्न गर्नुभयो । प्रधानमन्त्रीले नयाँ जनादेश ल्याउने कुरा आफ्नो जवाफमा उल्लेख गरेको भन्दै उहाँले भन्नुभयो हामीले आवधिक निर्वाचनलाई मानेका छौँ, मध्यावधि निर्वाचनलाई होइन ।’संग्रौलाले प्रधानमन्त्री एकलौटी रूपमा सरकार नभई मन्त्रिपरिषद्को एक अंश रहेको बताउनुभयो ।