काठमाडौं – नेपाली सेनाले महासेनानी अनिल खड्का र सहायक रथी सुरेन्द्रसिंह रावललाई बर्खास्त गरेको छ । बुधबार जनरल सैनिक समरी अदालतले महासेनानी खड्का र सहायक रथी रावललाई बर्खास्त गरेको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले आचरण विपरित कार्य गरेको ठहर गर्दै जनरल सैनिक समरी अदालतले दुवैलाई बर्खास्त गरिएको पुष्टि गरेका छन् ।
उनले रावल र खड्काले माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको र अहोदामा नबसेको कसुरमा अदालतले दोषि ठहर गरेको जानकारी दिए ।
महासेनानी खड्का प्रधानसेनापति पूर्णचन्द्र थापा निकट थिए । बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट वार कलेज सकेर फर्किएका हुन् । – काठमाण्डौ पाटी
Leave a Reply
View Comments