आज कोरोनाभाइरस सङ्क्रमण देखिएकामध्ये सात जना नेपाल वायुसेवा निगमका कर्मचारी भएको बताइएको छ।
उद्धार उडानमा संलग्न चालक दलका सदस्यहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। उनीहरूलाई क्वारन्टीनमा राखेको बताइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ती कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण देखिएकोमा दु:ख व्यक्त गर्दै ट्वीट गरेका छन्।
नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका ( NAC) चालक दलका केहि सदस्यमा Corona Possitive देखिएकोमा दु:ख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 6, 2020
भट्टराई ले नेपाल वायुसेवा निगमका चालक दलका केहि सदस्य हरु कोरोना पोजेटिव देखिएको मा दुःख लागेको र सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।
Leave a Reply
View Comments