नागालैण्डमा कुकुरको मासु खान र बिक्री वितरणमा प्रतिबन्ध

भारतको नागालैण्ड राज्य सरकार ले हिजो शुक्रवार देखी कुकुर को मासु बिक्री वितरण र खानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

कुकुरको मासु खान र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय त्यहाँ को मंत्रीपरिषदको बैठकमा गरिएको हो ।

यो जानकारी नागालैण्ड राज्यका प्रमुख सचिव तेमजेन तयले ट्वीटर बाट सरकारको यस निर्णयका बारेमा जानकारी दिएका थिए ।

यो प्रतिबन्ध कुकुरको काचो र पकाईएको मासुमा लगाईएको हो । मंत्रिपरिषदले उक्त निर्णय भारतको पशु क्रूरता नियम १९६० को आधारमा लगाईएको हो ।

भारतको पूर्वोत्तर राज्य हरुमा कुकुरको माशु खाने प्रचलन छ । त्यहाँका मानिस हरु कुकुरको मासु लाई सबैभन्दा पोसिलो खाना मन्ने गर्छन ।