खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

हेर्नुहोस ट्रेलर

फिल्मले सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएको दम्पतीको कथा भनेको छ। २ मिनेट ४५ सेकेन्डको ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्र स्वयं फिचर्ड छन्।

ट्रेलरमा बेपत्ता परिवार र आफन्तको पीडा र सशस्त्र द्वन्द्वका पक्षलाई प्रश्न गरेको छ। संक्रमणकालीन न्याय अपूरै हुँदा बेपत्ता परिवारले भोग्नुपरेको हैरानीलाई फिल्मले देखाउन खोजेको छ।

ट्रेलरअनुसार फिल्ममा अनुप र मेनुकाले दम्पतीको भूमिका निर्वाह गरेका छन् जो बेपत्ता छोरोको खोजीमा निस्किएका छन्।

खगेन्द्रकै कथा रहेको फिल्मलाई मञ्जुश्री प्रोडक्सनको निर्माण गरेको हो। फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

साउन १३ गते रिलिज हुने फिल्ममा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय छ। 

यही फिल्ममार्फत खगेन्द्र निर्देशनमा अघि बढेका हुन्।

प्रतिक्रिया दिनुहोस्