रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या भएको छ। हत्यारा सोही फर्ममा काम गर्ने कामदार रहेको खुलेको छ । हत्याको आरोपमा सुर्खेतका झपेन्द्र सिञ्जाली पक्राउ परेका छन् ।

रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन जना पनि सोही फर्मका कामदारहरू हुन । दुई जना भने स्थानीय हुन् ।

मृतकहरूमा एक महिला र चार पुरूष रहेका छन् । घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरूको पूरा परिचय अझै खुलेको छैन । फर्म स्थानीय कृष्ण पुनको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति हत्या गरेर सिञ्जालीले पाँचै जनाकाे शवलाई तन्नाले बेरेका थिए । सिञ्जालीले कोदालो प्रहार गरीे हत्या गरेको प्रहरी अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी टोली घटनास्थलमा घटिएको बताउनुभयो । स्थानीयले सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको जनाएका छन् । फर्म सञ्चालक पुनले बिहान पौने पाँच बजे दूध लिन आउँदा घटना देखेका थिए । हत्या आरोपी सिञ्जालीले राती ९.०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेर आएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *