हिन्दु समुदायमा श्रावण शुक्ल पूर्णीमा (जनै पूर्णीमा/रक्षा बन्धन)

हिन्दु धर्मसम्प्रदायमा विशेष महत्वका साथ मनाइने श्रावण शुक्ल पूर्णीमालाई विशेष महत्वका साथ मनाइने गरिन्छ । शास्त्रहरुमा उपाकर्मका नामले समेत चिनने यो दिनलाई यज्ञोपवित धारण गरेर वेद अध्ययनको सुरुवात गरिने दिनका रुपमा मान्ने गरिन्छ । प्राचीन कालमा श्रावण शुक्ल पूर्णीमाका दिन बालकहरुलाई यज्ञापवित धारण गराइ वेद तथा शिक्षादीक्षाको आरम्भ गर्ने गुरुकुलीय परम्परा रहेको पाइन्छ । यसै…

हिन्दु धर्मसम्प्रदायमा विशेष महत्वका साथ मनाइने श्रावण शुक्ल पूर्णीमालाई विशेष महत्वका साथ मनाइने गरिन्छ । शास्त्रहरुमा उपाकर्मका नामले समेत चिनने यो दिनलाई यज्ञोपवित धारण गरेर वेद अध्ययनको सुरुवात गरिने दिनका रुपमा मान्ने गरिन्छ । प्राचीन कालमा श्रावण शुक्ल पूर्णीमाका दिन बालकहरुलाई यज्ञापवित धारण गराइ वेद तथा शिक्षादीक्षाको आरम्भ गर्ने गुरुकुलीय परम्परा रहेको पाइन्छ । यसै कारण यसलाई उपाकर्मका नामले चिन्ने गरिन्छ । त्यसैगरी यस दिन जनेऊ (यज्ञोपवित) धारण गर्ने तथा जनै बदल्ने परम्परा रहेकाले यस दिनलाई जनैपूर्णीमाका नामले पनि मनाइने गरिन्छ । आजको दिन ब्रतबन्ध तथा दीक्षा ग्रहण गरिसकेका पुरुषहरुले यज्ञोपवित बदल्ने परम्परा रहेको पाइन्छ । आजको दिनमा यज्ञोपवित धारण गरी वेद तथा शास्त्रहरुका ज्ञाता ऋषिहरुलाई तर्पण गरिने भएकाले यस दिनलाई ऋषि तर्पणिका नामले पनि चिन्ने गरिन्छ । आजकै दिन हिन्दु सम्प्रदायमा हातमा रक्षाधागो बाध्ने प्रचलन पनि रहेको छ । वेदमन्त्रहरुद्वारा अभिमन्त्रित रक्षाधागो हातमा बाधे रक्षा हुने विश्वास हिन्दु समुदायमा गरिदै आएको छ । आजको दिनमा विशेष गरी ब्रहमणहरुबाट हातमा रक्षा बाध्ने प्रचलन रहेको छ । आजभोलि दिदीबहिनीहरुबाट पनि रक्षा (राखी) बाधने प्रचलन बढ्दै गएको पाइन्छ । रक्षा बन्धन तथा रखाीका सम्बन्धमा सत्ययुगमा दानवराज वलिलाई युद्धमा जानअघि दिदीबहिनी गङ्गा र जमुनाले विजयको कामना गर्दै दायाँ हातको नाडीमा ‘रक्षाकवच’ स्वरुप अभिमन्त्रित डोरा बाँधी दिएका सम्झनामा राखी परम्परा चलेको विश्वास गरिन्छ । यसैदिन दानवराज वलिलाई गुरु शुक्रचार्यले युद्धमा जानअघि शास्त्रोक्त विधिले डोरा अभिमन्त्रित गरेर बाँधीदिएका विश्वास गरिन्छ । यसैको प्रभावले राजावलि देवतासँगको युद्धमा विजयी भएको पुराण वर्णित कथा छ । यिनै दिनहरुको सम्झनामा हातमा रक्षा बाध्ने प्रचलन रहेको पाइन्छ । रक्षा बाध्ने सन्दर्भमा शास्त्रहरुमा विभिन्न मतहरु रहेका पाइन्छन् । रक्षा बाध्दा पुरुषहरुको दायाँ र महिलाहरुको बाँया हातमा रक्षा बाध्ने प्रचलन रहेको छ । अविवाहित कन्याहरुको भने दायाँ हातमा नै रक्षा बाध्ने गरिन्छ । स्त्र िर पुरुष देह दुई भए पनि सम्बन्धका आधारमा एकै हुन् भन्ने मान्यता रहेको पाइन्छ । नारी बिना पुरुष र पुरुष बिना नारी दुबैको अस्तित्व नभएकाले नारी र पुरुषलाई एउटै मान्ने गरिन्छ । शास्त्रमा पनि श्रीमान श्रीमती दुबैले सहभागी नहुँदा यज्ञ सम्पन्न नहुने र त्यसको फल नपाइने विश्वास व्यक्त गरिन्छ । श्रीमानको दायाँ र श्रीमतीको बाँया हातमा रक्षा बन्धन गरी दुबैतिरबाट रक्षा हुने विश्वास व्यक्त गरिन्छ । शास्त्रहरुमा पनि यही कुरा उल्लेख गरिएको पाइन्छ । त्यसै गरी गोत्रको प्रवरका आधारमा पनि धोगोलाइ हातमा बेर्दा कति फेरा बाध्ने भन्ने कुरा पनि कही कतै प्रचलनमा रहेको पाइन्छ । गोत्र अनुसार त्रिप्रवर हुनेहरुको तिन फेरा र पञ्चम प्रवर हुनेहरुको पाँच फेरा बाध्ने प्रचलन रहेको पाइन्छ । यसरी वेदआरम्भका लागि यज्ञोपवित धारण गर्ने, नवीन यज्ञोपवित धारण गर्ने, अषि तर्पण गर्ने, अग्नि होत्र गर्ने तथा रक्षा बाध्ने दिनका रुपमा   श्रावण शुक्ल पूर्णीमालाई विशेष महत्वका साथ मनाइने गरिन्छ । पश्चिम प्रेसबाट

Similar Posts

Leave a Reply

Your email address will not be published.