काठमाडौं । रास्टिय युवा परिषद द्वारा आयोजना भएको निबन्ध लेखनमा बैतडीका प्रकाश खत्री नेपालमा नै तेस्रो हुनुभएको छ । राष्ट्रिय युवा परिषद्को युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत “समृद्ध रास्ट्र निर्माणको लागि युवाको भुमिका” नामक लेखन प्रतियोगितामा खत्री तेस्रो हुनुभएको हो ।

तेस्रो स्थान हात पारे पछि उहालाई राष्ट्रिय युवा परिषद्ले सम्मान गरेको छ ।

जिल्लामा पहिलो, प्रदेशमा दोस्रो र देश भरिमा तेस्रो स्थान हात पारे पछि खत्रीले अब निबन्ध लेखनलाई निरन्तरता दिने बताउनुभयो । अनेरास्ववियु बैतडीका जिल्ला सदस्य समेत रहनु भएका खत्रीले त्यसको श्रेय सङ्गठनलाई जाने बताउनुभयो ।

कक्षा ११ मा अध्ययनरत खत्रीले आफू पढ्दै गरेको दुर्गा माबी सिमार बैतडी र अनेरास्ववियुले आफुलाई निकै हौसला दिएको बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *