डडेल्धुरा । प्रजातन्त्र आए देखि पटक पटक सत्ताकाे हालि मुहालि समालेका नेपालि काङ्ग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्रि शेरवहादुर देउवा ले जिल्लाकाे पुर्वाधार विकासमा खासै चासाे दिएकाे देखिदैन। चार चार पटक प्रधानमन्त्री हुदा समेत न त गतिलाे पुर्वाधार नै निर्माण गर्न सके न त जन्ताकाे चेतना स्तर नै माथि उठाउनसके जस्का कारण जन्तामा निरासता पैदा भएकाे छ। संघिय गणतन्त्र स्थापना पश्चातपनि देउवाले कुनै याेजनावध्द काम गर्न सके न त प्राप्त साधनकाे समुचित वितरण र उत्पादनका क्षेत्रमा लगानि सदुपयाेग गरे। देश संघियतामा गएको चार बर्ष पुग्नै लाग्दा समेत डडेल्धुरा मा एउटा पनि खेल मैदान निर्माण हुन सकेको छैन । निर्वाचन क्षेत्र पुर्वाधार काे बर्सेनि आउने काङ्ग्रेस ले निर्णायक हुने संघिय सांसदका ६ कराेड र प्रदेशकाे ४ कराेड विभिन्न मन्दिर निर्माण र कार्यकर्ता पाल्नमै खर्च भएकाे देखिन्छ। दिर्घकालिन प्रभाव दिने कुनै ठाँउमा पनि वजेट छैन तर पार्टी कार्यालय निर्माणमा ५० लाख विनियाेजना गरि अपारदर्शि ढंगले फजुल खर्च गरेकाे काङ्ग्रेसकै कार्यकर्ताकाे गुनासाे छ। अहिले सम्म एउटा खेल मैदान वनाउन समेत सकेनन। विगतमा खेल मैदान निर्माणका लागि डिपिआर बनेका मैदानमा समेत आवश्यक बजेट कहिल्यै विनियाेजन गरेनन देउवाकाे पहलमा गतिलाे कामै हुन सकेको छैन ।

आर्थिक बर्ष २०७३/२०७४ मा दुई वटा खेल मैदान निर्माणका लागी बिस्तृत परियोजना विवरण (डिपिआर) तयार पारिए पनि खेल मैदान निमार्णको कामले भने अझै तिब्रता पाउन सकेको छैन । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ को धोविखोलामा उग्रतारा रंगशाला र अमरगढी–६ भजनेउटामा क्रिकेट मैदान निर्माण गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद बाट डिपिआर तयार गरिएको थियो ।

डिपिआर तयार भएको चार बर्ष पुगे पनि खेल मैदानको कामले भने अझै तिब्रता पाएको छैन । डिपिआर गरिएका भन्दा पनि अन्य स्थानमा नै खेलकुद मैदान बनाउन प्रदेस सरकारले रकम विनियोजन गर्दै आएकाले डिपिआर भएका खेल मैदान निर्माणको कामले तिब्रता पाउन नसकेको हो ।

उग्रतारा रंगशाला निर्माणका लागी २० लाख रकममा धोविखोलामा गरिएको खोदाई जसको डिपिआर तयार पारिएको छ ।
उग्रतारा रंगशालाका लागी आर्थिक बर्ष २०७५/२०७६ मा संघिय सरकारको २० लाख रकम परे पनि क्रिकेट मैदानमा भने कुनै रकम पर्न सकेन । १५ लाख खर्च गरी डिपिआर तयार पारिएको जिल्ला खेलकुद विकास समिती कार्यालय प्रमुख डम्बर भण्डारीले बताए ।

रंगशाला निर्माणका लागी ३२ करोड र क्रिकेट मैदान निर्माणका लागी साढे आठ करोड रकम आवश्यक पर्ने डिपिआरमा उल्लेख रहेको उनले बताए ।

चालु आर्थिक बर्षमा उग्रतारा रंगशाला निर्माणका लागी ५७ लाख बराबरको टेण्डर गरिएकाे अमरगढी नगरपालिकाले जनाएके छ।

डिपिआर भए यता रंगशाला निर्माणका लागी पहिलो पटक प्राप्त भएको २० लाख बराबरको रकमले पहाड खन्ने काम भएको छ।

गोलाखेत क्रिकेट खेल मैदान निर्माण गर्ने भन्दै निर्मण समिती मार्फत डोजर प्रयोग गरी खोदाईको काम भएको निर्माण समिती सचिव शुरेस ताम्राकारले बताए । प्रदेश सरकार अन्तरर्गत शिक्षा निर्देशनालय मार्फत प्राप्त २० लाख रकम मध्ये खेल मैदान निर्माणका लागी काम गरिएको छ । उनले भने, काम त बजेट भन्दा दोब्बरको भएकोे छ । मैदान निर्माण स्थलमा सल्लाका रुखहरु भएकाले धेरै काम हुन सकेन ।

डिपिआर निर्माण गरिएका खेल मैदानमा संघिय र प्रदेश सरकारको बजेट आउने भएकाले स्थानिय सरकारले रकम विनियोजन नगरेको अमरगढी नगरपालिकाकाले जनाएकाे छ ।

संघिय सरकार बाट पहिलो पटक उग्रतारा रंगशालाका लागी २० लाख रकम प्राप्त भए पनि क्रिकेट मैदानका लागी भने बजेट प्राप्त नभएको जिल्ला खेकुद विकास समिती प्रमुख भण्डारीले बताए ।

अमरगढी–१ दहमा भने फुटबल मैदान निर्माण गर्ने भन्दै स्थानिय क्लवका युवाहरुले करिब डेढ लाख रकममा खोदाई गरेका छन । सामुदायिक वन बाट रकम जुटाई आर्थिक बर्ष २०७२/२०७३ मा दिपज्योति क्लवका युवाहरुले खोदाई गरेका हुन । अमरगढी नगरपालिका–२ मा पनि यस बर्ष केही रकम खर्च गरी पहाड खनेर सम्याउने काम भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *