आर आर अनेरास्ववियुले भागरथी भट्टको न्यायको माग गर्दै दिप प्रज्वलन गरेको छ । आज एक कार्यक्रम गर्दै क्याम्पसको गेट अगाडि दिप प्रज्वलन गरिएको क्याम्पस कमिटी सदस्य उज्वल खडकाले बताएका छन । सरकारले भागरथिलाई न्याय दिनु पर्ने माग राख्दै दिप प्रज्वलन सहित नारा लगाईएको थियो ।  गत विहिबार दोगडा केदार गाउँपालिका वडा नम्बर ७ चडेपानि बस्ने १९ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको हो । गाउँपालिकाको वडा नम्बर ७ स्थित लवलेक सामुदायिक वनमा भट्टको शव फेला परेको हो ।बिद्यालय जान्छु भनेर घरबाट निस्केकी उनि बेलुका सम्म पनि घर फर्केर नआएपछि खोजी गर्दा बिहिबार वनमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । भट्ट स्थानिय बैतडीको शनातन माबि श्रीकोटमा कक्षा १२ मा अध्यनरत छात्रा हुन् । भिडियो हेर्न क्लिक गर्नुहोस

Leave a comment

Your email address will not be published. Required fields are marked *