काठमाडौं । बैतडीमा संकास्पद अवस्थामा किसोरीको सव फेला परेको प्रति बैतडी अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । विहिबार दोगडा केदार गाउँपालिका वडा नम्बर ७ चडेपानि बस्ने १९ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको हो । गाउँपालिकाको वडा नम्बर ७ स्थित लवलेक सामुदायिक वनमा भट्टको शव फेला परेको हो ।
विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै अनेरास्ववियु बैतडीले दोसीलाई तत्काल कारवाहीको माग गरेको संयोजक सन्तोष रानाले जानकारी दिएका छन् । ” यस्तो जघन्य र अदस्य अपराधका दोसीलाई गिरफ्तार गरी हदै सम्मको कारवाही गर्न जोडदार माग गर्दछौ”, विज्ञप्तीमा भनिएको छ ।
बिद्यालय जान्छु भनेर घरबाट निस्केकी उनि बेलुका सम्म पनि घर फर्केर नआएपछि खोजी गर्दा बिहिबार वनमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । भट्ट स्थानिय बैतडीको शनातन माबि श्रीकोटमा कक्षा १२ मा अध्यनरत छात्रा हुन् ।
हत्या गरि शव फालिएको आशंका गरिएको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए ।

विज्ञप्तीको पुरा अंस

Leave a comment

Your email address will not be published. Required fields are marked *