समाचार - पुष १२, २०७६

सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) स्थापना हुने

काठमाडौं । सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) स्थापना गर्ने भएको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब नेपाल भारत र नेपाल चीन दुवैतिरका सीमा क्षेत्रमा २२१ वटा बीओपी रहने बताए ।

यसअघि सशस्त्र प्रहरीका १०७ वटा बिओपी थिए । सीमा क्षेत्रको अपराध नियन्त्रण र सीमा सुरक्षासहितलाई ध्यानमा राखेर राज्यको बलियो उपस्थिति सीमा क्षेत्रमा गराउन खोजिएको बास्कोटाले बताए ।

उनले हालै भारतसँग सीमा विवाद भएको दार्चुलाको ब्यास गाउँपालिका १ मा पनि बोर्डर आउटपोष्ट स्थापना हुने बताए । सरकारले सोही गाउँपालिकाको छाङरुङबाट दुम्लिङसम्मको घोडेटो बाटो पनि संघीय मामिला मन्त्रालयमार्फत निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यो बाटो नहुँदा नेपाली नागरिक भारतीय भूभागबाट यात्रा गर्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *