पोखरा महानगरपालिकाकाे वडा नं. २० स्थित मौजामा सडक खन्ने क्रममा ढिस्को खस्दा कम्तीमा पनि पाँचकाे मृत्यु भएकाे छ ।
कास्की र मनाङ जोड्ने भलाम–र्याले चौर–मौजा विसौना–सिक्लेस– मनाङ सडक निर्माणका क्रममा माथिबाट ढिस्को खसेको थियो । ढिस्कोमा पुरिएका ५ जनामध्ये तीन जनाको शव निकालिसकिएको छ ।
Loading...
२ जना भने ढिस्को खस्दाखस्दै भाग्न सफल भएको कास्की प्रहरीले जनाएकाे छ । ढिस्काेमा पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिजबहादुर बस्नेत रहेका छन् । उनीहरू सबै सल्यानका रहेकाे प्रहरीकाे भनाइ छ ।
सडक फराकिलो बनाई कुनापट्टि नाली निर्माण र जमिन काटेर बनेको भित्तोमा रिटेनिङवाल निर्माण गरिरहेका बेला माटोको ढिस्को खसेको थियो ।
न्युज24नेपाल
यसमा तपाइको प्रतिक्रिया