काठमाडौं – रोजगारीका लागि दक्षिण कोरियामा जान ईपिएस परीक्षा पास गरि सम्पूर्ण प्रक्रिया पूरा गरी फ्लाईटको पर्खाइमा रहेका युवायुवतीहरुले आज माईतीघरमा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा उत्रिएका युवाहरुले ‘प्रधानमन्त्रीज्यू म थाकिसकें, मलाई गरि खाने बाटो देखाईदिनु’, गरि खान दे सरकार, ‘उडान खोली जान दे’, हामी कामको लागि कोरिया जान चाहन्छौं लगायतका नारा लगाएका थिए ।

यसरी सरकारविरुद्ध प्रदर्शन गरेकाहरुले जतिसक्दो चाँडो आफूहरुलाई कोरिया जाने वातावरण बनाउन खासगरी उडान खोल्नुपर्नै माग गरेका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *