काठमाडौं – कक्षा ११ को बोर्ड परीक्षा पनि यस वर्ष स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा नहुने भएको छ ।

अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *