५२ वर्ष पछि बेपत्ता नागरिक घर फर्किए, अमरगढी मेयर ओझाद्वारा खाद्द्यान लगायत सामान वितरण

डडेल्धुरा – अमरगढी नगरपालिका वार्ड नं १० राई, टमटा टाेलका एक नागरिक ७२ वर्षको हुदा घर फर्किए। बालकालमै वेपत्ता भएका उनी ५२ वर्षपछि घरफर्केकाले उन लाई परिवारिक मिलन गराईएकाे छ ।

लामाे समय पछि घर फर्केकाे र दैनिक गुजरा गर्न समेत समस्यामा रहेकाले उनकाे परिवारलाई अमरगढी नगरपालिकाका प्रमुख विपिन ओझाले खाद्यान्न र लुगा कपडा हस्तान्तरण गरेका हुन । स्पस्ट नेपाली डाेटेलि भाषा समेत वाेल्न नसक्ने ती नागरिक लाई भारतकै एउटा पराेपकारि संस्थाकाे समन्वयमा उनकाे जन्मथलाे सम्म पुगाएर पारिवारिक मिलन गरिएकाे अमरगढी नगरपालिका वार्ड नं १० का वार्ड अध्यक्ष विष्णु भट्टले वताउनु भयाे। उनले अहिले गाउँमा पनि हिन्दी भाषामा बाेल्ने गरेका छन्। पारिवारिक मिलन पछि निकै खुसि भएका उनी मेयरवाट सामान प्राप्त गर्दा झनै खुसि देखिन्थे।
गाउका केही बुढापाखाले उनलाई चिने पनि अरुले भने चिन्न सकेन । यसरी लामो समय बाहिर बसेर आएका उनलाई नगरप्रमुखले सहयोग गरे पछी निकै हर्सित भएका छन ।