माघ २५ गते बैतडी,
बैतडीका पछिल्लो दुई वटै महिला माथीका हिंस्रक घटनाका दोसीलाई कार्वाहीको माग गर्दै गृह मन्त्री राम बहादुर थापालाई ध्यानाकार्ण सहित कार्वाहीको माग गरिएको छ । ओली नेन्तृत्वको नेकपाका सुदूरुपश्चिम प्रदेस कमिटी अध्यक्ष कर्ण बहादुर थापाको नेत्तृत्वमा दोगडाकेदार गाउपालिका ७ कि किशोरी भागरथी भट्ट र पुर्चाेडी नगरपालिका १० मा आफ्नै छोरीमाथी गोली हानी हत्या गरेको घटनाको निश्पक्ष छानबिन सहित हदैसम्मको कार्वाहीको माग गर्दै ध्यानाकर्षण पत्र पेस गरिएको हो ।
निवर्तमान प्रतिनिधि सभा सदस्य एवम केन्द्रीय सदस्य दामोदर भण्डारी, संबिधान सभा सदस्य एवम नेकपा केन्द्रीय सदस्य पुरन सिह दयाल, नेकपा बैतडीका अध्यक्ष एवम केन्द्रीय सदस्य सुरेन्द्र पाल, नेपका केन्द्रीय सदस्य नरेस बिक, जानकी अवस्थी, रमील बम, उकेन्द्र बोहरा त्यसैगरी सुदूरुपश्चिम प्रदेस सदस्य लोकेन्द्र भण्डारी, लोकेन्द्र भण्डारी र अक्कल बहादुर राना गरी ११ जना नेकपाका नेताहरुले गृहमन्त्री राम बहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएको नेकपा बैतडी जिल्ला कमिटि सदस्य मुकेश तिरुवाले जानकारी दिए ।
बैतडीको पुर्चाैडी नगरपालिका १० का धनसिंह महराले माइत आएकी छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए भने गत बुधबार बिद्यालय गएकी दोगडाकेदार गाउपालिका ७ कि किशोरी भागरथी भट्टको बल्तकार पछि हत्या गरिएको अवस्थामा गत बिहिबार शव फेला परेको थियो ।
ध्यानाकर्ष पत्र
Leave a Reply
View Comments