बिद्यार्थीलाई अभद्र व्यबहार गर्दा आर आर क्याम्पसका स्ववियु सभापति शाहीमाथी हातपात

काठमाडौ । रत्नराज्य लक्ष्मी क्याम्पसका स्वबियु सभापति तपेन्द्र शाही बिध्यार्थिद्वारा हातपात गरिएको छ ।
क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्यनरत बिध्यार्थी तपेन्द्र बिस्टलाई गाली तथा हातपात गरेपछि उनी माथी हातपात भएको बताइएको छ । बिस्ट अखिल फोर्स आर आरका सचिब हुन ।
स्रोतका अनुसार बिस्ट नेकपा ओलि समुहको र सभापति प्रचण्ड समूहमा रहेको बुझिएको छ । सुरुमा सामान्य बिसयमा सभापतिले न्यु खोजे पछि बिस्टलाई गाली गरेको अरु प्रत्यक्षदर्शी बिध्यार्थिले बताएका छन ।
सभापति शाहिले अरु राजनीतिक समुहका बिध्यार्थिलाई अभद्र व्यबहार गर्दै आएका थिए । सभापति शाही कुटिए पछि क्याम्पसमा तनाबग्रस्त बनेको छ ।