पाँच वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ

काठमाडौं। रुपन्देहीमा पाँच वर्षीय बालिकालाई बलात्कृत भएकी छिन्। तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जनाएका छन्।

उनका अनुसार ती बालिकाको अहिले काठमाडौस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ। तिलोत्तमा नगरपालिका कोटिहवामा परिवारसँग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षीय युवकले बलात्कार गरेको एसपी पोखरेलले बताए।

बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गसिकेको छ। कपिलवस्तु बाणगंगा वडा नं १२ घर भएका हाल तिलोत्तमा नगरपालिका–१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विकलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिसकेको छ।

Total
8
Share