देउवाकाे किल्ला भत्काउने मेयर ओझा र भिमदत्तका मेयर बिस्ट ओलि समुहमा

काठमाडाैं– डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर बिपिन ओझा र भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातिर खुलेका छन् । नेकपाको विभाजनपछि दुवैतिर नलागेका विष्ट र ओझाले सोमबार प्रधानमन्त्री ओली नेतृत्वको नेकपातिर लागेको घोषणा गरेका हुन् । ओझा पार्टी एकिकरणअघि नेकपा एमालेको माधव नेपाल समूह वाट नगर अध्यक्षको जिम्मेवारीमा थिए । नेकपा एमालेकाे भातृ संगठनमा लामाे राजनिति गरेका डडेल्धुरा मा कहिल्यै चुनाव नहार्ने नेताकाे छवि वनाएका अमरगढीका लाेकप्रिय नेता काे रुपमा चिनिन्छन । पुर्व स्ववियु सभापति समेत रहेका ओझा डडेल्धुरामा नेकपा नेता डा. तारा जाेशिका विश्वासपात्र र सहयाेगिका रुपमा चिनिन्थे। अहिले ओली नेतृत्वको नेकपाकामा खुलेसंगै अमरगढीमा ओली समुह मजबूत हुने देखिएको छ । विकासवादि नेताका रूपमा छवि वनाएका ओझाकाे प्रयासबाट अमरगढी नगरपालिकामा थुप्रै विकास निर्माणका कामहरु भएका छन । दुई जना मेयर थप आफ्नो पक्षमा खुलेपछि सुदूर पश्चिम प्रदेशमा नेकपा ओली समूह उत्साहित भएको छ । सुदूर पश्चिमका ८८ तहमध्ये ४८ तहमा नेकपाका प्रमुख थिए । यतिबेला नेकपा ओली र नेकपा माधव प्रचण्ड समूहबीच स्थानीय तहमा कडा टक्कर छ । २३र२३ तहमा दुबै समूहमा प्रमुख छन् । उपाध्यक्ष तथा उपमेयर भने ओली समूहमा बढि छन् । याे संगै सुदुरपश्चिम प्रदेशमा ओलि समूह बलियाे देखिएकाे छ।


 

Total
1
Share