। बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या गरिएको भन्दै स्थानीयले दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।
दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएकाले दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन माग सहित स्थानीयहरुले प्रर्दशन गरेका छन्।
स्थानीय खोचलेक बजारमा प्रर्दशन गरिरहेका छन् भने महकाली राजमार्ग समेत बन्द गराएका छन्।
प्रर्दशनमा मृतक युवती अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरुले समेत सहभागी भएको स्थानीय भुवन कार्कीले जानकारी दिनुभयो ।
उनीहरुले हत्यारालाई तत्काल सार्वजनिक गर्न पनि माग गरेका छन्।
बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो।
प्रहरीले घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर लगेको छ भने घटनास्थल सिल गरेर सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
Leave a Reply
View Comments