अमरगढी नगरपालिका र शहरी तथा भवन निर्माण विभाग बिच २२ करोड बढीको सम्झौता

अमरगढी नगरपालिकाले र शहरी विकास तथा भवन निर्माण विभागसंग २२ करोड २३ लाख ३४ हजार ६ सय ३६ रुपिँयाको सम्झौता गरेको छ ।
डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा शहरी सासकिय पुर्वाधार सुधार कार्यक्रम संचालन गर्नका लागि विहिबार अमरगढी नगरपालिका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा र शहरी विभाग तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
विभागको कार्यालय ववरमहलमा एक औपचारिक समारोहका विच सम्पन्न सझौता कार्यक्रमको कार्य अवधि तीन वर्ष सम्म रहने भएको छ । उक्त कार्यक्रममा अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय,कानुनी सल्लाहकार विष्णु भट्टको पनि उपस्थिति रहेको थियो ।
शहरी सासकिय पूर्वाधार सुधार अन्र्तगत देशभरका १२ वटा नगरपालिकाहरुमा कार्यक्रम संचालन हुने निर्देशक परिक्षित कडरियाले बताएका छन् ।
अमरगढी नगरप्रमुख ओझाले अमरगढी नगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालय तथा विभागहरुबाट थप बजेट विनियोजन गराउनका लागि काठमाण्डौमै रहि थप लबिङ्ग गरिरहेका छन् ।
नगरप्रमुख ओझाको पहलमा डडेल्धुराका विभिन्न पर्यटकिय क्षेत्रहरुको पहिचान र तिनीहरुको पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि बजेटको व्यवस्था गरि कामहरु भैरहेका छन् ।

Total
10
Share