अमरगढीको विकासका लागि नगर प्रमुख ओझाको दौडधुप

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर विपिन ओझा विकासवादी तथा क्षेत्रको लागि खटिरहने मेयर भनेर चिनिन्छन । यसैको उदाहरण मान्न सकिन्छ उनि अहिले आफ नो नगरमा विकासका पुर्वाधार निर्माणमा तल्लीन रहेका छन ।

नगरमा पर्यटन पुर्वाधार होस या सडक बाटो निर्माण, सिचाई तथा कृषी होस या युवा मैत्री कार्यक्रम, एंवम शिक्षा, स्वास्थ्य, खानेपानि, विद्युत वा अन्य विकासका काम धमाधम हुदै छन ।

मेयर ओझा भन्नुहुन्छ नगरपालिकाको मात्र बजेटले जिल्ला सदरमुकामको नगरपालिकालाई बिकास निर्माण गर्न र्पयाप्त नहुने हुदा अहिले संघीय सरकारबाट पनि योजना हाल्न पहल गरिरहेको छु । सडक यातायात तथा अन्य ठुला योजनाको लागि आफुले सिह दरबार धाउनु परेको उनले सुनाए ।

जनताले सेवा र बिकास गर्ने मौका दिएको र यसलाई पुर्ण रुपमा सदुपयोग गरी जनतालाई खुशी बनाउन आफु दिनरात खटिरहेको उनले सुनाए । विगतको तुलनामा अहिले अमरगढी नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृर्षी, पर्यटन, युवा रोजगार, पुर्वाधार निर्माण लगायत बिकास धमाधम भईरहेको छ ।

अमरगढीमा पर्यटनको अत्यधिक सम्भावना रहेकोले अहिले भ्यु टावर, होम स्टे तथा व्यवस्थित यातायात, म्युजियम निर्माण लगायतको काम भईरहेको उनले बताए । जिल्ला सदरमुकाममा फराकिलो सडकको लागि आफु खटिरहेको र लगत्तै निर्माण गरिने उनले बताए ।

मेयर ओझाका अनुसार उनि अहिले आफनो कार्यकाललाई उत्कृष्ट बनाउन दौडधुपमा लागिरहेका छन ।