सामसुङले ल्यायो ग्यालेक्सी एस २१, छैन चार्जर र इयरफोन

काठमाडौं । सामसुङले आफ्नो ग्यालेक्सी एस २१ सिरिजका स्मार्टफोन लञ्च गरेको छ । एक अनलाइन इभेन्ट मार्फत् सामसुङले ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा गरी तीनवटा स्मार्टफोन सार्वजनिक गरेको हो ।

सामसुङका अनुसार ग्यालेक्सी एस २१ मा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको चिपको प्रयोग गरिएको छ । ग्यालेक्सी एस २१ मा स्नापड्रागन ८८८ तथा एक्जीनोस २१०० चिपको प्रयोग भएको छ । ग्यालेक्सी एस २१ मा ट्रिपल क्यामरा सेटअप रहेको छ ।

Total
3
Share