विद्रोही स्वभावकी नेतृ झाँक्रीलाई पक्राउको लागी घरमै प्रहरी

नेकपा (दाहाल–नेपाल पक्ष)की प्रभावशाली नेतृ रामकुमारी झाँक्रीलाई अपराध महाशाखा ल्याइँदैछ । उनलाई पक्राउ गर्नका लागि प्रहरी शंखमुलस्थित उनकै निवासमा पुगिसकेको महाशाखा प्रमुख दीपक थापाले पुष्टि गरे ।

झाक्रीलाई पहिले आफै उपस्थित हुन प्रहरीले पत्र काटेको थियो । उनले आउन नमानेपछि प्रहरी निवासमै पुगेको थापाले बताए । झाँक्रीमाथि ओली पक्षको अनेमासंघले कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई केही दिन अघि ज्ञापनपत्र बुझाएको थियो ।

झाँक्रीलाई पक्राउ गरेर बानेश्वरस्थित प्रहरी अपराध महाशाखामा ल्याइनेछ । उनलाई त्यहाँ ल्याइने भएपछि समर्थकहरु महाशाखा पुगेका छन् ।

सञ्चाकर्मीहरुले महाशाखा भरिएको छ । झाँक्री पक्राउको विरोधमा उनका समर्थकहरु सामाजिक सञ्जाल फेसबुकमा उत्रिएका छन् । लोकतान्त्रिक मुलुकमा तानाशाह लाद्न खोजेको भन्दै उनका समर्थकले सडकमा आउने बताइरहेका छन्