कर्णाली नदीमा एउटा टिपर खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताएका छन्।
अधिकारीहरूका अनुसार उक्त दुर्घटनामा कम्तीमा ३९ जना बेपत्ता भएका छन्।
उक्त टिपरमा भारतबाट घर फर्किएका मानिसहरू चढेका र उनीहरूलाई जितेबाट रासकोटतिर क्वारन्टीनमा राख्न लगिँदै गरेको बुझिएको छ।
उद्धारको लागि नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको छ।
नदीमा खसेकाहरूको उद्धार कार्य थालिएको र थप विवरण आउन बाँकी भएको गुरागाईँले बीबीसीलाई बताए।
भारतमा कार्यरत नेपालीहरू अहिले घर फर्किने क्रम बढेको छ। कर्णाली प्रदेशमा अहिले भारतबाट फर्किएका हजारौँ मानिसहरू क्वारन्टीनमा छन्।
Leave a Reply
View Comments