मोटपन कम गर्न चाहनुहुन्छ भने पसीना आउँदा सम्म कसरत गर्नुहोस

मोटोपनले धेरैलाई समस्यामा पारेको हुन्छ । घरमै बसिरहदा पेट लागेमा घट्न पनि गाह्रो हुन्छ ।

ठुलो पेट देखिएमा बाहिर देखाएर हिड्न पनि लाज लाग्छ । यदि तपाई पनि मोटोपनबाट छुटकारा पाउन चाहानुहुन्छ भने केही खानेकुराहरु नियमित खाएमा र नियमित व्यायम पेट घटाउन सकिन्छ ।

पेट घटाउन धेरैलाई मनपर्ने केराले पनि सहयोग गर्छ । केरा स्वास्थ्यको लागि फाइदाजनक पनि मानिन्छ । त्यस्त्रै केराको नियमित सेवन गरेमा पेटको बोसो पनि कम हुन्छ ।

यस्तै मोटपनबाट छुटकारा पाउन लसुन, ग्रीन टी, पुदीना, दालचीनी, स्याउ, पालुङ्गो, चिज, ओखर खानु राम्रो हुन्छ । यसले शरिरको तौल घटाउन सहयोग गर्छ ।

मोटपन बाट छुटकारा पाउन तपाईंले नियमित व्यायम पनि गर्नुपर्छ । मोटपन कम गर्न तपाईलाई मनपरेको कसरत गर्न सक्नुहुन्छ तर व्यायम गर्दा शरीर बाट पसीना आउनजेल व्यायम गर्नुपर्छ ।

धेरैजसो ले व्यायम गर्छन तर शरीर को फ़्याट काम नहुँदा सफलता पाउदैन । मोटपन कम गर्न फ़्याट जलाउनु जरूरी हुन्छ, जसको लागि व्यायम गर्दा पसीना आउदा सम्म कसरत गर्नुहोस ।