विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस एडहॉनम गीब्रिएसुस ले कोरोना पोजेटिव भएकी आमहरुलाई आफ्ना नवजात शिशु लाई स्तनपान जारी राख्न अपील गरेका छन ।

जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा डॉक्टर टेड्रोसले भने विश्व स्वास्थ्य संगठनले यस बिसयमा गरेको अध्यान पाछि भाइरस सङ्क्रमणको खतरा भन्दा स्तनपानका फाइदा धेरै रहेको पाएको बताए ।

डॉक्टर टेड्रोसले भने, “हामीलाई यो थाहा छ, सान बच्चाहरुमा कोरोना भाइरसको खतरा कम हुन्छ, तर बच्चा लाई अन्य धेरै बीमारीको खतरा हुन्छ र स्तनपानले बच्चा हरुलाई ती बिमारीको खतरा बाट बचाउन सहयोग गर्छ । अहिले उपलब्ध प्रमाण र आध्यानका आधारमा विश्व स्वास्थ्य संगठन स्तनपानको सल्लाह दिन्छ ।”

उनले भने, ” जून आमाहरुलाई कोरोना संक्रमित हुने संका छ अथवा संक्रमितको पुष्टि भएको छ, उनीहरुलाई बच्चा लाई स्तनपानको लागि प्रोत्साहित गर्नु पर्छ । जबसम्म आमा कोरोना बाट धेरै बिरामी हुदैनन तबसम्म बच्चा लाई अलग गर्नु आवस्यक छैन । ”

विश्व स्वास्थ्य संगठनमा रिप्रोडक्टिव हेल्थ मामिलामा सलाहकार डॉक्टर अंशु बनर्जीका अनुसार, “अहिलेसम्म आमाको दूध अथवा ब्रेस्टमिल्क मा कुनै जीवित भाइरसको पत्ता लागेको छैन । कुनै कुनै ब्रेस्टमिल्क मा भाइरसको आरएनए का टुक्राहरु देखिएका छन (कोरोना भाइरस आरएनए अथवा एक प्रोटीन मलीक्यूल बाट बनेको हुन्छ ) तर अहिलेसम्म हामीलाई दूध यानी ब्रेस्टमिल्क मा कुनै जीवित भाइरस मिलेको छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *