प्रेमगीत ३ को हिन्दी गीत रिलिज

फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका चार गीत रिलिज गरिएको छ । चार दिन पहिले मात्र प्रेमगीत ३ को हिन्दी र नेपाली संस्करणको टीजर रिलीज भएको थियो। ‘जी म्युजिक’ ले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, पलक मुछल, राहत फतेह अली खान, अङ्कित तिवारी र देव नेगीले स्वर छ ।  ‘कोही ना कोही नाता हे…

फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका चार गीत रिलिज गरिएको छ । चार दिन पहिले मात्र प्रेमगीत ३ को हिन्दी र नेपाली संस्करणको टीजर रिलीज भएको थियो। ‘जी म्युजिक’ ले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, पलक मुछल, राहत फतेह अली खान, अङ्कित तिवारी र देव नेगीले स्वर छ । 

‘कोही ना कोही नाता हे मेरा तुजसे’मा जुबिनको स्वर र पवनदीप राजनले सङ्गीत दिनुभएको छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा राहत फतेह अली खानको स्वर छ । 

यस्तै, ‘तुम प्यार हो’ गीतमा पलक र अङ्कितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक मुछल र देव नेगीको स्वर छ ।सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नुभएको यस फिल्म  असोज ७ गते नेपाल र भारतसहितका देशमा रिलिज हुने भएको छ । गीत रिलीज भएको केहि घण्टा मा नै एक लाख भन्दा धेरै दर्शकले हेरेका छन।

Similar Posts

Leave a Reply

Your email address will not be published.