बिहे नगरी बुढो भएका ५ बलिउड कलाकार

बलिउडमा बिहेको नाम सुन्दा नै भाग्ने कलाकारहरु पनि छन् आज हामी यस्तै केही कलाकारको बारेमा हामी बताउनेछौँ । सबैजना विवाह गर्न चाहँदैनन्, यो लिस्टमा सलमान खान मात्र होइन, उनीजस्ता धेरै कलाकार पनि छन् जो विवाहको प्रतिक्षामा छन् । अक्षय खन्ना बलिउडका प्रतिभाशाली अभिनेतामध्ये एक अक्षय खन्नाको नाम पनि यस सूचीमा समावेश छ । उनी सुपरस्टार…

बलिउडमा बिहेको नाम सुन्दा नै भाग्ने कलाकारहरु पनि छन् आज हामी यस्तै केही कलाकारको बारेमा हामी बताउनेछौँ । सबैजना विवाह गर्न चाहँदैनन्, यो लिस्टमा सलमान खान मात्र होइन, उनीजस्ता धेरै कलाकार पनि छन् जो विवाहको प्रतिक्षामा छन् ।

अक्षय खन्ना

बलिउडका प्रतिभाशाली अभिनेतामध्ये एक अक्षय खन्नाको नाम पनि यस सूचीमा समावेश छ । उनी सुपरस्टार अभिनेता विनोद खन्नाका जेठा छोरा हुन्।

उनले बोर्डर र ताल जस्ता हिट फिल्ममा काम गरि आफ्नो अभिनयले दर्शकको मन पनि जितेका छन् । ४७ वर्षको उमेरमा उनी आजसम्म अविवाहित छन्।

उदय चोपडा

यो सूचीमा उदय चोपडाको नाम पनि समावेश छ जसले अझै विवाह गरेका छैनन् । उदय चोपडा करिब ४९ वर्षका भइसकेका छन् । यी अभिनेता कुनै समय अभिनेत्री नरगिस फाखरीलाई डेट गरेका थिए । तर यो सम्बन्ध विवाहसम्म पुग्न सकेन र केही समयपछि दुवै अलग भए । अहिले उनले चलचित्र जगतबाट पनि दुरी कायम गरेका छन् ।

अरमान कोहली

५० वर्ष पुगेका अरमान कोहलीले अहिलेसम्म विवाह गरेका छैनन् ।

अरमानले धेरै बलिउड फिल्ममा काम गरेका छन् । अरमानको नाम धेरै सुन्दरीसँग जोडिएको छ तर अझै पनि विवाह मण्डपमा पुग्न सकेको छैन ।

सलमान खान

अहिलेसम्म पनि सलमान खानको परिवार र उनका फ्यान हरु उनको विवाहको पर्खाइमा छन् । ५६ वर्ष पुगे पनि सलमान खानले बिहे गरेका छैनन् ।

तुषार कपूर

यो लिस्टमा तुषार कपुरको नाम पनि परेको छ । तुषार कपुर ४५ वर्षका भइसकेका छन् र उनले अहिलेसम्म विवाह गरेका छैनन् ।

उनी बिहे नगरी जीवन बिताइरहेका छन् । तपाई लाई यो जानकारी ले अचम्म लाग्न सक्छ कि तुषार कपुरले सरोगेसीको सहयोगमा छोरालाई जन्म दिएका छन् ।

जसको नाम लक्ष्य हो र उनी बिनाविवाह बाबु बनेका छन्, उनको छोरा लक्ष्यको जन्म २०१६ मा भएको थियो ।

इन्टरनेट को जानकारी मा आधारित

Similar Posts

Leave a Reply

Your email address will not be published.