आमा पनि कस्तो गति देखाइदिन्छिन्
ईश्वर कहाँ छ भन्दा पति देखाईदिन्छिन्
जन्माईन हुर्काईन छोरा छोरी बराबर
सोध्छन कमाई तिनै सम्पती देखाईदिन्छीन् ,
आमा पनि कस्तो गति देखाईदिन्छीन् ,
सबैलाई अघाएपछि रित्तो भाडोँ बज्छ
आज भोकै छैन भन्दै अलिकति देखाईदिन्छीन।
आमा पनि कस्तो गति देखाईदिन्छीन् ,
माईतीले उपहारमा दिएको त्यो बाला पनि
पेटपाल्न बेचौँ भन्दा सहमति देखाईदिन्छीन् ,
आमा पनि कस्तो गति देखाईदिन्छीन् ,
बढ्यो छोरो अब परदेश लाग्छु भन्दा
राम्ररी जानु चडाउँदै फूलपाती देखाईदिन्छीन् ,
बर्ष वित्यो छोराको एक फोन आएन
पुलुक्क हेर्छीन् चर्केको छाती देखाईदिन्छीन्
आमा पनि कस्तो गति देखाईदिन्छीन्
ईश्वर खोई भन्दा पति देखाईदिन्छीन् ।

  •  लेखक : रोम नेपाल

Leave a comment

Your email address will not be published. Required fields are marked *