काठमाडौं । डा. सदानन्द कडेलले प्रमोद पन्तको सङ्गीत र चर्चित गायिका अन्जु पन्तको आवाज रहेको “निस्वार्थी माया आमाको” गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्मित सो भिडियोको निर्देशन सन्जिब पौडेल र सङ्गीतकार पन्तले गरेका हुन् भने छायांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ। कलाकार हिउवाला गौतम अभिनित भिडियोमा बिजुना उपाध्याय र सुनिशा ढुङ्गानाको पनि सशक्त अभिनय देख्न सकिन्छ। सो भिडियो स्वर्गीय आमा चन्द्र कुमारी उपाध्यायको तेस्रो मासिक तिथीको अवसर पारेर सार्वजनिक गरिएको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *