काठमाडौं। हलिउड अभिनेत्री पामेला एण्डरसनको जीवन सधैं चर्चा र विवादमा रह्यो । प्लेब्वाय म्यागजिनकी स्टार आइकन भनिने पामेलाले ५ पटक बिहे गरेकी छिन् । एक व्यक्तिसँग त उनले २ पटक बिहे गरिन् । पामेलाले रिक सालोमोनसँग २००७ मा बिहे गरेर २००८ मा छुट्टिएकी थिइन् । पछि उनै रिकसँग २०१४ मा बिहे गरेर २०१५ मा छुट्टिइन् । रिकसँगको बिहेलाई २ पटक नै गन्ने हो भने त अहिले पामेलाले पाँचौं व्यक्तिसँग छैटौं पटक बिहे गरेकी छिन् ।

डेलीमेलको रिपोर्टअनुसार पछिल्लो पटक पामेलाले आफ्नै बडीगार्डसँग बिहे गरेकी छिन् । पामेलाले क्रिसमसको बेला आफ्ना बडीगार्ड ड्यान हेहर्स्टसँग बिहे गरेको अहिले खुलासा भएको छ । सामाजिक संजालमा उनको बिहेमा फोटो सार्वजनिक भएपछि भाइरल भएका छन् । पामेलाको ड्यानसँग प्रेम लकडाउनको क्रममा मौलाएको बताइएको छ । यसअघि पामेलाले २०२० को फेब्रुअरीमा केवल १२ दिनमा जोन पिटर्ससँग बिहे तोडेकी थिइन् ।

पामेलाले पहिलो पटक १९९५ मा टोमी लीसँग बिहे गरेकी थिइन् । टोमी र पामेला १९९८ मा छुट्टिए । त्यसपछि पामेलाले २००६ मा किड रकसँग बिहे गरिन् । यो बिहे १ वर्षपछि २००७ मा टुंगियो । २००७ मा पामेलाले रिक सोलोमोनसँग बिहे गरिन् र २००८ मा छुट्टिइन् । त्यसपछि फेरि २०१४ मा पामेलाले रिकसँगै दोस्रो पटक बिहे गरिन् र २०१५ मा छुट्टिइन् । त्यसपछि २०२० को फेब्रुअरीमा जोन पिटर्ससँग बिहे गरेर १२ दिनमै छुट्टिएकी थिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *