दुई आमाको गर्भमा बसेर जन्मियो बच्चा, कसरी भयो यस्तो चमत्कार ?

चिकित्साको क्षेत्रमा विश्वमा निकै ठूलो प्रगति भैरहेको छ । कैयन् पटक असम्भव लाग्ने चिजहरु समेत सम्भव हुने गरेका छन् यो क्षेत्रमा । विज्ञान प्रविधि तथा चिकित्साको क्षेत्रमा नयाँ नयाँ खोज अनुसन्धान भैरहेका छन् । पछिल्लो पटक एउटा यस्तै चामत्कारिक उपलब्धि हासिल भएको छ ।

बेलायतमा एकजना बच्चा दुईवटी आमाको गर्भमा हुर्किएर जन्मिएको छ । बेलायतको एक समलिंगी जोडीले आफूहरुको कोखमा पालैपालो गर्भ हुर्काएर बच्चा जन्माउँदै रेकर्ड कायम गरेको हो ।