गगन बस्नेतका मन छुने गजल

तिर्खाएर जिउनु पर्यो मुहानहरु सुकेपछी,
हाँस्न कहाँ सकिन्छ र हृदयभित्र दुखेपछी !!!

सोच्न मन लाग्छ किन एकान्तमा तिम्रो बारे,
मलाई छोडि अन्त कतै तिम्रो नजर झुकेपछी…

दुनियाँ सारा बैरी भयो तिम्लाई आफ्नो भनिदिदा,
एक्लोपनको आभास पाए तिम्ले पनि थुकेपछी…

पर्खि बसे तिम्रो बाटो मनमा खुशी सजाएर,
जिउने रहर मर्दै गयो तिमी अन्तै पुगेपछी…

शिसिर झै रित्तो लाग्छ बसन्तको याम पनि,
आँफैसँग बिरानो भए तिम्रो साथ छुटे पछि

गजल:
बाडुल्कि लाग्छ घरिघरी खै,कस्ले सम्झियो
मैले पनि सम्झेको छु मलाई,जस्ले सम्झियो

थियो एउटा खास मुटु,साथमा छैन अहिले
खै कसरी भनौं आज मैले,उस्ले सम्झियो

बुझ्नै गाह्रो थोरै शंका,लाग्छ साँच्चि नै
मायाले होकि यौवनको,रस्ले सम्झियो

मलाई जति पिडा उसलाई,परेको भएदेखि ,
भन्न हुन्थ्यो दुखाइको चसचस्ले सम्झियो

छन होला र को नै यहाँ,याद गर्ने यो दुखिलाइ
दुनिया नै स्वार्थी छ के कारणबशले सम्झियो ।

Total
2
Share