गोरखा अस्पतालमा कोरोना बाट एक जनाको मृत्यु

काठमाडौँ – नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ ।

गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका –७ निवासी ४४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । ती पुरुष कतारबाट आएका थिए ।

कतारबाट आएपछि क्वारिन्टनमा बसेका उनमा कोरोना संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेहका रोगी समेत रहेको गोरखा अस्पतालले जनाएको छ ।