काठमाडौं – कुवेतबाट नेपाली कामदार लिएर आएको जजिरा एयरलाइन्सले दुई वटा शव पनि ल्याएको छ। जजिरा एयरलाइन्सले बिहीबार एक सय ५० महिला कामदार लिएर आएको थियो।
विमानस्थल स्रोतका अनुसार सुनसरीका राजकुमार निरौला र कपिलबस्तुका विष्णुप्रसाद न्यौपानेको शव ल्याइएको छ। वैदेशिक रोजगारीका क्रममा दुवैले कुवेतमा ज्यान गुमाएका थिए।
यसअघि नेपाली कामदार ल्याउनेक्रममा जजिराले एउटा र दुबईबाट एयर अरेबियाले एउटा शव ल्याएको थियो। वैदेशिक रोजगार बोर्डका अनुसार शुक्रबार कतारबाट २० जना नेपालीको शव आउँदै छ।
Leave a Reply
View Comments