नेपालमा थप २३२ जना कोरोना संक्रमित

काठमाडौँ – देशभरि कोरोना भाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यो संख्या पछि देशभरि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ जना पुगेको छ । हालसम्म कोरोना भाइरसका सङ्क्रमित छ हजार ४१५ जना मुक्त भई घर फर्केका छन् । कोरोनाभाइरसका नौ हजार ४२ जना सङ्क्रमित हाल आइसलोसनमा छन् ।

मन्त्रालयका अनुसार देशभरि ३३ हजार १२५ जना हाल क्वारेन्टीनमा छन् । पछिल्लो चौबिस घण्टामा २७२ जना कोरोना सङ्क्रमित आइसोलेशन अवधि पुरा गरेर उपचारपछि घर फर्केका छन् ।
पछिल्लो चौबिस घण्टामा चार हजार ५० जनामा आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा प्रति दश लाखमा परीक्षण दर भारत, अफगानिस्तान, श्रीलङ्का र पाकिस्तानभन्दा उच्च रहेको छ ।