थप ६७१ जना सङ्क्रमित २ जनाकाे मृत्यु, कुल सङ्क्रमित ७८४८

काठमाडौँ – नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् ।

योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् ।

निकाे भएकाे ११८६ पुगेकाे छ ।

यस्तै २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ। याेसँगै २२ पुगेकाे छ । बुधवार मन्त्रालयका पुष्टि गरेका दुई मृतकमध्ये एक महिला र एक पुरुष छन्। उनीहरू कैलालीका हुन्।

तीमध्ये ४६ वर्षीय पुरुषलाई जेठ ३१ गते नै सङ्कमण पुष्टि भएको थियो। अस्पतालमा भर्ना भएका उनको असार ३ गते बेलुका मृत्यु भएको डा. गौतमले बताए।

प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका हुन्।

मनाङमा पनि सङ्क्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,७४६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।